निर्वाचनको संशोधित कार्यतालिका : आइतबार २ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने, साँझ ६:२५ देखि मतदान

Maoit namawali

काठमाडौं । केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय समिति चयन गर्नका लागि नेकपा (माओवादी केन्द्र) को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ ।
आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गरेको हो ।आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।

यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तर, सहमतिमा केन्द्रीय समिति चयन गर्ने भन्दै आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ । त्यससँगै निर्वाचन आयोगले निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३ः३० बजेसम्म, दर्ता सूची प्रकाशन ३ः४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४ः१० बजेसम्म, उजुरी उपर छानबिन र निर्णय ४ः३० बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन ४ः४० लगायत कार्यक्रम रहेका छन् ।

मतदान आइतबार साँझ ६ः२५ देखि १०ः२५ सम्म हुने तालिकामा उल्लेख छ । यसअघि शनिबार राति ८ देखि साढे ११ बजेसम्म मनोनयन दर्ता र आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...