माओवादी महाधिवेसनमा सकस : निर्वाचनका सवै प्रक्रिया भोली १ बजेसम्म स्थगित

Moist mahadibesan 14

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको छ । शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको थियो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।

यसअघि निर्वाचन आयोगले आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशन गरेको थियो । जसअनुसार आज राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ । मतदान भने आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख थियो ।

त्यसैगरी राति १०ः३० मा उम्मेदवारी सुची सार्वजनिक गरे लगत्तै आईतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिन समय बिहान ८ः०० देखी ८ः३० सम्म तोकिएको छ । उम्मेदवारको बिरोधमा परेको उजुरीको सुचना ८ः३५ मा निर्वाचन समितिले दिने, उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखी ९ः०० बजेसम्म गर्नेछन र ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएको थियो ।

आयोगले ९ः३० देखी ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० वाट मतदान प्रक्रिया सुरु गर्ने उल्लेख गरेका थियो । तर, आकांक्षीहरुलाई मिलाउनका लागि भन्दै भोलीसम्म निर्वाचन प्रक्रिया नै स्थगित भएको हो ।

माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ । तर माओवादीलाई केन्द्रिय सदस्य चयन गर्न निक्कै सकस परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...