माओवादी महाधिवेशन : प्रतिवेदन सर्वसम्मतले पारित, चुनावपछि छुट्टै महाधिवेशन गर्ने

Prachanda banda satra

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । जारी आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको २१औं शताब्दिमा समाजवादको नेपालीबाटो शिर्षकको वैचारीक तथा राजनीतिक दस्तावेज हलबाट सर्वसम्मतले पारित भएको हो ।

अध्यक्ष प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

वर्तमान महाधिवेशन विचारको बहसमा सुरुवात भएको र अर्को विशेष महाधिवेशनमा थप अध्ययन, अनुसन्धान र बहस गरेर विचारको विकास गरिने उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...