आठौं महाधिवेसनमा प्रचण्डको जवाफ : प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ

Prachanda  mahadibeshn

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।

'प्रतिवेदन मूलत: सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै दाहालले आमूल परिवर्तन आवश्यक नदेखिएको बताए । 'टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो,' दाहालले भने, 'म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु यो सिँगै हलको साझा प्रतिवेदन भयो । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन । तर सबै सुझाव समेटिन्छ ।'

आफ्नो पार्टीको महाधिवेशनले सिंगो देशकै ध्यान आकर्षित गरेको भन्दै दाहालले त्यो उद्घाटन सत्रमै पुष्टि भएको उल्लेख गरे । 'हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भो,' दाहालको भनाइ थियो ।

सुझाव पेस गर्ने क्रममा नेताहरुले पार्टी पछाडि हट्न लागेको हो किन भन्ने चिन्तालाई आफूले सकारात्मक रुपमा लिएको बताए । 'मैले यसो बाहिर पनि नियाल्दा र सुन्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरे जसरी नेतृत्वको आलोचना भयो भनिन्छ,' उनले भने, 'त्यो भनेको माओवादी फेरि अर्को के-के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन्, यो सकारात्मक नै हो ।'

प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताएका हुन् । ‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ । महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भयो,’ उनले भने, ’प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’

प्रचण्डले फेरि थपे, ’मैले यसो बाहिर पनि नियाल्दा माओवादी शक्तिशाली हुन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।’

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...