सामूहिक बलात्कार प्रकरण : यसरी लुटिएको थियो ३३ वर्षीया युवतीको अस्मिता

‘पक्राउ परेका सबै युवा विदेश जाने तयारीमा थिए’

Rape case

काठमाडौं । सुर्खेतबाट आइपुगेकी एक महिलाका लागि काठमाडौं शहर नौलो थियो । यही शहरमा उनको पुस १२ गते राति अस्मिता लुटियो । पुस १२ गते बिहान उनी नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा बसिन् ।

३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेष्ट हाउसमा लगेका थिए । पछि मुगु छायानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई उनले बोलाए । सो रात मदिरा सेवन गरेर ९ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले काठमाडौंको नयाँ बसपार्कस्थित मित्रनगरमा सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ परेको बताए ।

बुधवार थप एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले बताए । फरारमध्ये मुगुका हस्त नेपाली पक्राउ परेका हुन् । उनीसँगै पक्राउ गरिएका आरोपीको संख्या ८ जना पुगेको छ ।

पक्राउ परेका सबै युवा विदेश जाने तयारीमा थिए । उनीहरू केही विदेश जान टिकट काटिसकेका, केही भिषा आएर तयारीमा रहेका र केही मेडिकल गर्न आएका युवा छन् ।

‘सबै वैदेशिक रोजगारीमा जाने सिलसिलामा काठमाडौं बस्दै आएकाहरू छन्,’ एसएसपी गिरीले भने, ‘८ जनालाई पक्राउ गरिसकेका छौं, अझै एकजना फरार छन् ।’

पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी हुन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागी उनी काठमाडौँ आएकी थिइन् । पिडा सहन नसकेर चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिरिएको थियो ।

यसरी भयो घटना
भोलिपल्ट बिहान थप ७ जनाले अरु दुईवटा गेष्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । क्लोज सर्किट क्यामेरामा देखिएको फुटेजमा बडुवालसँगै ती युवती हिँडेर गेस्ट हाउसमा गएको देखिएको छ । पुस १३ मा अरु ४ जना आरोपीहरुले उनलाई अर्को गेस्ट हाउसमा लगेको देखिन्छ ।

मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगे । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाउँछन् । सो रात दुईजनाले सामूहिक बलात्कार गरे । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरे ।

आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ ।

​अर्घाखाँची घर भएका गोपाल कुमार श्रीषले अन्तिम पटक बलात्कार गर्ने प्रयास गरेका थिए । त्यतिन्जेल ८ जनाबाट बलात्कारको पिडा खेपेकी युवती अर्धचेत भैसकेकी थिइन् । त्यसैले आफूले बलात्कार नगरेको र उनलाई ५ सय रुपैयाँ दिएर हिँडेको श्रीषले अनुसन्धान अधिकृतलाई बयान दिएका छन् ।

 

प्रतिकृया दिनुहोस