माओवादी महाधिवेशनः १ बजेबाट प्रतिनिधिहरुले सामूहिक छलफलको निष्कर्ष सुनाउने

Moist mahadibesan 14

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो १ बजे सुरु हुने भएको छ ।

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको महाधिवेशमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि २५ समूह बनाइएको छ ।

बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् । दिउँसो १ बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा बसेर प्रतिनिधिहरुले प्रतिवेदनमा छलफल थालेका थिए ।

२५ मध्ये अधिकांश समूहले छलफल सकिसकेको माओवादी केन्द्रको प्रचार प्रसार उपसमितिले जनाएको छ । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...