माओवादी महाधिवेसन : बन्दसत्रको दोस्रो दिन के के भयो ?

Banda satra

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तरगत सोमबारदेखि सुरु भएको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए ।

मंगलबार भने प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्नेछन् । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेका छन् ।

दुबै प्रस्तावमाथि मंगलबार दिनभर समूहगत छलफलका लागि समय छुट्याइएको थियो । ‘अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्नेछन्’, प्रचारप्रसार उपसमितिले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ।’

बुधबार अपराह्न १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...