मान्छे बोक्ने जिपमा १६ किलो चरेस ढुवानी

Charesh

सुदूरपश्चिम प्रदेशकाे हिमाली जिल्ला बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेस बरामद गरेको छ ।

सोमबार राति ११ बजे धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेस प्रहरीले फेला पारेकाे हाे ।

कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चरेस फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका–११ देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...