फोटो कथा : यस्तो थियो माओवादीको महाधिवेसन उद्घाटन शत्र

Maost 12

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानीको कमलादीमा सो पार्टीको महाधिवेशन सुरु भएको हो । महाधिवेसनको पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार शुरु भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अतिथिका रुपमा सहभागी थिए ।

उद्घाटन समारोहमा माओवादीले धेरै गीत र नृत्यहरु पनि प्रस्तुत गरेको थियो । उद्घाटन समारोहमा सहभागी धेरै भएपछि प्रज्ञा भवनको डबलीमा पनि बसेर सभाहल भित्रको कार्यक्रम हेर्ने व्यवस्था गरिएको थियो । सयौं कार्यकर्ताले सभाहलभित्रको कार्यक्रम बाहिर डबलीबाट पर्दामा हेरेका थिए ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल, राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही सहितका राजनीतिक दलका नेताहरु सहभागी छन् ।

महाधिवेशनमा देशभरबाट १ हजार ६३१ प्रतिनिधिहरु सहभागी भएका छन् । ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

तस्बिरहरु : निशान न्युज/रासस 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...