माधवकुमार नेपाल भन्छन्, वंश र व्यक्तिको तानाशाही स्वीकार्य हुँदैन

Madhav nepal 12

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वंश र व्यक्तिको तानाशाही स्वीकार्य नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै नेपालले जुन पार्टीमा भए पनि राष्ट्रियताको विषयमा एकताबद्ध हुनुपर्ने बताए । राष्ट्रियताका नाममा नागरिकलाई दास बनाउने कुरा स्वीकार्य नहुने उनको धारणा थियो ।

अध्यक्ष नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताए । उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताए ।

नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारे । उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए । नयाँ नेपाल निर्माण गर्ने हाम्रो मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरुबीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए ।

नेपालको राजनीतिक इतिहासमा दलहरू एकताबद्ध भएर अघि बढ्दा सफलता मिलेको चर्चा गर्दै उनले अहिले पनि एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

कानून र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानूनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए । राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कुराले मात्र जनताको मन जित्न सकिँदैन । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने । सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए ।

उनले मन र भावना मिलेपछि बाँकी अरू कुरा मिल्दै जानेसमेत बताए । नेपालका हरेक आन्दोलन एकताबद्ध भएर जाँदा सफलता प्राप्त भएको उनले बताए। मूल कुरामा सहमति छ भने बाँकी विषय थाती राख्न सकिने उनले बताए । नेपालको इतिहास अगाडि बढिसकेकोले यो पछाडि फर्किन नसक्ने उनले बताए।

नेपाली समाजवादको मोडल कस्तो हुने भन्नेबारे नेताहरू, पार्टीहरू, विज्ञ र आमजनताको बीचमा छलफल हुन जरुरी भएको उनले बताए । दलहरूले जनताको विश्वास जित्न नसकेको उनले बताए। ‘अझै पनि दलका नेताहरूबीच वितृष्णा देखिन्छ, त्यसको कारण भ्रष्टाचार हो,’ उनले भने । महाधिवेशन अमूर्त सिद्धान्तको छलफल गर्ने थलो मात्र नभएको उनले बताए । एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न नसकिने उनले टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...