माओवादी महाधिवेशनमा देउवाको प्रश्न, एमसीसीमा राष्ट्रघात कहाँ हुन्छ र ?

Deuwa 12

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन आग्रह गरेका छन् । देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् भनेर प्रश्न गरे ।

‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’

कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसीबारे आफूहरु (सत्तारुढ दलहरु)बीच छलफल भइरहेको बताए । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ !’

‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुपर्‍यो, एमसीसी । कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन,’ देउवाले अघि भने, ‘यदि एमसीसी राष्ट्रघाती हो भने त म पनि चाहदिनँ ।’

‘वर्ल्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या !’

व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नो विश्वास रहेको उनले बताए । उनले आफू पनि लामो समय नेपालको राष्ट्रियताको पक्षमा लडेर आएको भन्दै राष्ट्रघात हुने गरी कुनै सन्धि सम्झौता नगर्ने बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...