माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै, प्रतिनिधिले २ हजार शुल्क तिर्नुपर्ने

Maoist adhibeshan tayari

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो । महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ ।

सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।

सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

अकस्मात् महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना सम्भव नभए पनि अन्य राजनीतिक दललाई भने आमन्त्रण गरिने नेता शाक्यले बताए । यसअघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो ।

माओवादी केन्द्रले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र व्यवस्था गरेको छ । ‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान–बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ ।’

उनले हरेक दिनको खाजाको मेनु फरक–फरक हुने र त्यसमा मासु, चिउरा, पनिरलगायतका परिकार राखिएको बताए । तीन दिनका लागि भनिए पनि महाधिवेशन लम्बिन सक्ने भन्दै १५ पुससम्मका लागि हल र क्याट्रिनको बुक गरिएको छ ।

सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हुँदा प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ । जिल्ला समन्वय सम्पर्क कमिटीको सहयोगमा प्रदेश कमिटीले यसको संयोजन गर्न निर्देशन भइसकेको उनले बताए । त्यसमा कसैलाई अप्ठेरो परेको अवस्थामा भने महाधिवेशन आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ । शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए । उक्त गाडीमा ल्याबसहितको उपचार सेवा हुनेछ ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै छ । उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूमा भने आकांक्षी बढेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...