नेपालको लगातार तेस्रो जित, पुरुष टोलीले आजै श्रीलंकाको सामना

Nepal valibal

काठमाडौं । नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिबार सहज जित निकालेको छ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५-५, २५-१५ र २५-१७ को सोझो सेटमा पराजित गर्‍यो ।

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३-२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३-० को जित निकालेको थियो ।

जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १:१५ मा हुनेछ ।

शनिबार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...