१४ दिनमा सकियो नेपाली कांग्रेसको महाधिवेसन : यस्तो बन्यो शेरबहादुर देउवा नेतृत्वको टिम (सुचीसहित)

Congress elected person

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तगर्त १३३ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको चुनावको विहीबार अन्तिम परिणाम आएको छ । गत पुस २८ गते भएको मतदानको विहीबार गणना सम्पन्न भएको हो । विहीबार बेलुका निर्वाचन समितिले १३३ सदस्यीय कार्यसमितिको अन्तिम परिणाम आएको जानकारी दिएको छ ।

१ सय ३४ पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीवार बेलुकीमात्रै सार्वजनिक भएको हो । पहिलो पटक संघीय संरचना र समावेशी कोटासमेत लागू गरिएको कांग्रेसको केन्द्रीय पदाधिकारीमा १३ जना निर्वाचित भएका छन् । एकजना कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट मनोनित हुने व्यवस्था छ ।

आज केन्द्रीय सदस्य खस आर्य खुला तथा महिला र आदिवासी जनजाति खुला तथा महिलाको परिणाम सार्वजनिक भएसँगै १४ औं महाधिवेशनको सम्पूर्ण नतिजा सार्वजनिक भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिमा दोस्रो पटकका लागि पार्टी सभापति निर्वाचित भएका देउवा पक्षको करिब ८० प्रतिशत वर्चश्व रहेको छ। कांग्रेसको विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जना कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ । यस्तै सभापतिले ३३ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्न पाउने व्यवस्था पनि छ । मनोनीतसँगै कांग्रेस केन्द्रीय समिति १६७ सदस्यीय हुनेछ ।

१३३ जना महाधिवेशनबाट निर्वाचित हुन्छन् भने सभापतिले समावेसीका आधारमा ३४ जना मनोनित गर्ने व्यवस्था छ । एक जना केन्द्रीय सदस्य भने स्वतः निर्वाचित हुने व्यवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार डा। शेखर कोइराला केन्द्रीय सदस्य बनेका छन् । यसरी विहीबारसम्म १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको परिणाम आउँदा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित शेरबहादुर देउवाले दुई तिहाइ बहुमत हासिल गरेका छन् ।

१३ जना पदाधिकारी मध्ये देउवा समूहले ८ मा जित हात पारेको छ भने कोइराला समूहले ४ र एकजना दुबै समूहबाहेककाले छन् । सभापति शेरबहादुर देउवा पक्षले सभापति, १ उपसभापति, ६ सहमहामन्त्री जितेको छ । यस्तै कोइराला समूहले १ उपसभापति र १ महामन्त्री र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह पक्षबाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् ।

१२० केन्द्रीय सदस्यमा देउवा समूहबाट १०१ जनाले जित हात पारेका छन् । नेता कृष्णप्रसाद सिटौला र देउवाबीच गठबन्धन भएकाले सिटौला निकट विजेतालाई पनि देउवा समूहमा जोडिएको छ ।

कोइराला पक्षबाट १७ जनाले जित हात पारेका छन् । एकजना प्रकाशमान सिंह निकटले र खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याए जितेका डा. शशांक कोइराला सबै प्यानलमा भएकाले उनलाई कुनै पनि समूहमा गणना गरिएको छैन ।

निर्वाचित केन्द्रीय नेता
पदाधिकारी
सभापति – शेरबहादुर देउवा
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी

केन्द्रीय सदस्यहरु
खुलातर्फ-३५ जना
शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ-९ जना
डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।

आदिवासी जनजाति-७ महिलासहित १५ जना
चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।

खस आर्य-६ महिलासहित १३ जना
केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।

दलिततर्फ-४ महिलासहित ९ जना
मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।

मधेशीतर्फ-४ महिलासहित ९ जना
अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।

थारूतर्फ-२ महिलासहित ४ जना
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।

मुस्लिमतर्फ-१ महिलासहित ३ जना)
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन

अल्पसंख्यकतर्फ-१ जना
प्रदीपकुमार सुनुवार

अपाङ्गता भएकातर्फ-१ जना
मदनकृष्ण श्रेष्ठ

पिछडिएको क्षेत्रतर्फ-१ जना)
अर्जुनबहादुर सिंह

प्रदेशबाट- २१ जना
प्रदेश १- अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू

प्रदेश २ – रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव

बागमती- राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी

लुम्बिनी- देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का

गण्डकी- ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी

कर्णाली- कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह

सुदूरपश्चिम- यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...