म्याग्दीमा चालकसहित स्काभेटर पुरियो

Excavator

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिराले चालकसहित स्काभेटर पुरिएको छ।

तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङले स्काभेटर चालक रघुगंगा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिए।

'अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ', उनले भने, 'सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो।'

प्रहरी निरीक्षक गुरूङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयबासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...