आधाभन्दा बढी मत गन्दा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा अगाडी, कसको मत कति ?

Matganana

काठमाडौं । नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । अहिलेसम्म २६५० मत भन्दा डा।डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १६५० मत पाउँदा पुष्पा भूसाल १५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी  आरजु राणा देउवा १४५६ मतका साथ तेस्रो स्थानमा छिन् ।​ यस्तै अम्बिका बस्नेत १३१० मतसहित चौथो नम्बरमा छिन् भने १२९६ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।

११९० मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला १०५८ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले १०४१ रंगमति शाही १०२५ मत ल्याएर आठौं र नौ नम्बरमा छिन् ।

नम्बरमा स्थान बनाउन अनिता देवकोटा ९९१ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिकृया दिनुहोस