महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी, डिनाको अग्रता कायमै

Mat count nc

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ । ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्लो परिणाम अनुसार डा। डिला संग्रौलाले सबैभन्दा धेरै १२६८ मत पाएकी छन् ।

सभापति शेरबहादुर देउवाकी पत्नी डा।आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा छन्। त्यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा तथा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा छन् ।

यस्तै सरिता पसाई ९४९, रमा कोइराला पौडेल ८१३, शुशिला ढकाल आचार्य ७९४, रंगमति शाही, ७८० र अनिता देवकोटाले ७७४ मत प्राप्त गरेर ९ औं स्थानमा छन् । खुला ९ जनाको लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...