मध्यरातमा सकियो कांग्रेस उपसभापतिको मतगणना, बाजी मारे खड्का र गुरुङले

Mat count nc

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको अन्तिम मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र डा. शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

मत गणना शुरु भएयता अग्रता लिएका गुरुङलाई अन्तिम समयमा गच्छदारले छिनो मतले पछि पारेका थिए । तर अन्तिम परिणम आउँदा भने झिनो मतले गुरुङले उपसभापतिमा बाजी मारेका छन् ।

अन्तिम मत परिणाम अनुसार पूर्णबहादुर खड्काले १९०१, धनराज गुरुङले १७४१, विजयकुमार गच्छदारले १७२५, डा. चन्द्र भण्डारीले १४६५, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत पाएका छन् । उपसभापतिकै दावेदारी प्रस्तुत गरेका सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले भने न्युन मत पाएर पराजित बने ।

खड्का निवर्तमान महामन्त्री हुन् । गुरुङ केन्द्रीय सदस्य थिए । खड्का देउवा प्यानलबाट जितेका हुन् । खड्का पटक-पटक मन्त्री भएका देउवाका निकट सहयोगी नेता हुन् । गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...