३९५८ मत गन्दा देउवा प्यानलका खड्का जित नजिक, गुरुङ भन्दा ४ मतले पछि परे गच्छदार

Mat count nc

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतगणना जारी रहँदा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पूर्णबहादुर खड्का रले शेखर कोइराला पक्षका उपसभापतिका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन् ।

३९५८ मत गन्दा खड्काले १८१० र शेखर कोइराला पक्षका उपसभापतिका उम्मेदवार धनराज गुरुङले १६९३ र गच्छदारले १६८९ मत पाएका छन् । १६४२ र चन्द्र भण्डारीले १३४० मत पाएका छन् ।

उपसभापतिकै दावेदारी प्रस्तुत गरेका सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले भने पराजय भोग्ने शतप्रतिश पक्कापक्की भइसकेको छ ।

पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । 

यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिँदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो ।

उपसभापतिकै दावेदारी प्रस्तुत गरेका सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाहले भने पराजय भोग्ने शतप्रतिश पक्कापक्की भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...