यस्तो शर्त राखेर विकीसँग विवाह गरेकी थिइन् कटरीनाले

Vicky kaushal katrina kaif wedding

मुम्बई । गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफले दैनिक रुपमा विवाहका नदेखिएका तस्वीरहरु सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन् ।

उनीहरु मंगलबार मालदिभ्समा हनिमुन मनाएर मुम्बई फर्किएका छन् । मुम्बई फर्किएपछि उनीहरुको विवाहको बारेमा एक नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य के हो भने कटरीनाले विकीसँग शर्तसहित विवाह गरेकी रहिछन् ।

विकी र कटरीना निकट साथीहरुका अनुसार उनीहरुले करिब दुई महिनाको डेट गरेका थिए । त्यसपछि मात्र विकीले कटरीना आफ्ना लागि बनेको अनुभव गरेका थिए । तर कटरीनाले यो कुरामा चासो राखेकी थिइनन् । किनकी उनी पछिल्लो ब्रेकअपबाट मिलेको पीडामा थिइन् । उनी विकीलाई मनपराउथिइन् । तर उनको बन्नका लागि थोरै समय मागेकी थिइन् ।

कटरीना निकटका अनुसार कटरीनाले विकीसँग विवाहका लागि एउटा शर्त राखेकी थिइन् । विवाहपछि विकीले कटरीनाको परिवार, उनकी आमा र भाइ बहिनीलाई कटरीनाले दिएकै जस्तो सम्मान र माया दिनुपर्ने कटरीनाको शर्त थियो । किनकी विवाह अघि इसाबेल छोडेर कटरीनाको कुनै परिवारका सदस्यले विकीसँग भेटेका थिएनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...