कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजदेखि हुने, अन्तिम परिणाम एक साताभित्र आउने

Congress vote count

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मतगणना बुधबार अपरान्हदेखि शुरू हुने जानकारी दिए । शुरूमा पदाधिकारीको मतगणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो ।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भइसकेका छन् । गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो ।

सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले बताए । उनले मत गणनालाई सक्दो छिटो सम्पन्न गर्नेगरी व्यवस्थापन गरिने बताए । उनले भने, ‘आजै अपराह्नबाट मत गणना सुरु गर्छौँ, पदाधिकारीबाटै मतगणना हुन्छ । हामी अहोरात्र खटेर मतगणना गर्छौँ र छिट्टै गणना सम्पन्न गर्ने गरी व्यवस्थापन गर्छौँ ।’

कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...