एमाले अध्यक्ष ओलीले गरे कांग्रेससँग सहकार्य गर्ने प्रस्ताव

Kp oli 23

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अराजकता फैलाउने उद्देश्य राखेको आरोप लगाएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।

देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ । ओलीले नेपालमा विदेशीको हातको नियन्त्रित अराजकता र अस्थिरता पस्न नदिने र पसिहालेमा पराजित गर्ने बताए ।

ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।

ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।

ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमा भर्खर भर्खर पार्टी अध्यक्ष बनेको रापताप देखिएको टिप्पणी गरेका छन् । ओलीले नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन भन्ने सोच बोकेर हिँडेको भन्दै लिङदेनको आलोचना गरे । ओलीले नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन भन्ने सोच बोकेर हिँडेको भन्दै लिङदेनको आलोचना गरे ।

कांग्रेसकै उद्घाटन सभालाई सम्बोधन गर्दै लिङ्देनले नेताहरु गाउँ जाँदा जनताले 'कुन चाहिँ चोर आयो' भनेर भन्ने गरेको बताएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...