देउवालाई पदाधिकारी छान्न उस्तै सकस

बुधबार बिहान बालुवाटारमा देउवा पक्षीय नेताहरुको बैठक बस्दै

Sher bahadur deuba scaled

काठमाडौं । महाधिवेसनको मिति नजिकिँएसँगै सभापतिमा चुनौती दिने आफ्नो समूहमा कोही नभए पनि पदाधिकारी आकांक्षी धेरै भएपछि सकसमा रहेका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

बुधबार बिहान बालुवाटारमा देउवा पक्षीय नेताहरुको बैठक हुन लागेको हो । उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्दै सम्पर्क कार्यालय सञ्चालन गरेपछि देउवालाई सो समूहमा अरु कसैले सभापतिमा चुनौती दिएको छैन ।

तर, उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा दर्जनौँ आकांक्षी छन् । देउवाले पदाधिकारीको टिम बनाउनका लागि बैठक बोलाएको उनी निकट नेताले जानकारी दिए । देउवा समूहमा उपसभापतिभन्दा पनि महामन्त्रीमा धेरै आकांक्षी छन् । त्यसमाथि सिटौला समूहलाई पनि समेट्ने देउवाको तयारी छ । त्यसैले उनलाई थप समस्या भएको छ ।

उपसभापतिका लागि उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का सबैभन्दा बलिया दाबेदार हुन् । त्यस्तै महामन्त्रीमा वालकृष्ण खाँण, एनपी साउँद, डा प्रकाशसरण महत र विश्वप्रकाश शर्मा दाबेदार देखिएका छन् । शर्माले उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । यो समूहमा सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठलगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि छ ।

संस्थापन पक्षबाट महामन्त्रीमा हाल सह-महामन्त्री रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरू एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको मुख्य दाबेदारी रहेको छ ।

कांग्रेसमा सह-महामन्त्रीका दलिततर्फ देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार दाबेदारी रहेको छ । जसमध्ये पनि प्रमुख दाबेदार भने मानबहादुर र मीनबहादुर नै रहेका छन् ।

मुस्लिम कोटाको सह-महामन्त्रीमा देउवा समूहभित्रै चर्को प्रतिस्पर्धा छ। संस्ठापन समूहबाटै केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर र अत्तहर कमाल मुसलमानबीच प्रतिस्पर्धा छ । महिलातर्फको सह-महामन्त्रीमा संस्थापन पक्षका धेरै आकांक्षी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...