कांग्रेस संस्थापनइतर समूहको बैठक १ बजे बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने

Congress 4  leader

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेसनमा संस्थापनइतर समूहको बैठक आज बस्दैछ ।

कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारमा आज दिनको १ बजेका लागि केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने भन्दै पौडेलले बैठक बोलाएका छन् ।

हिजो साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो । सो छलफलपछि आज केन्द्रीय सदस्यहरुसँग समेत परामर्श गर्ने भन्दै चाक्सीबारीमा बैठक राखिएको हो ।

यो समूहमा चारजना सभापतिका आकांक्षी छन् । पौडेलसहित सशांक, प्रकाशमान र शेखरमध्ये कसलाई सभापतिमा अघि बढाउने भन्ने विषयमा उनीहरुले भोलिसम्ममा टुंगो लगाउने सहमति बनेको छ ।

नेता प्रकाशमान सिंहले भने आजदेखि पुतलीसडकस्थित एक पार्टी प्यालेसमा सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थाल्ने बताइसकेका छन् ।

प्रतिकृया दिनुहोस