सुकेशसँग ज्याकलिनको त्यो चुम्बन, जसले प्रहरी हिरासतमा पुर्‍यायो

Sukesh andjyaklin

मुम्बई । महाठगको उपमा पाएका सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज विवादमा तानिएकी छन् । उनलाई आइतबार भारतको प्रवर्तन निर्देशालयले मुम्बई विमानस्थलबाट लियन्त्रणमा लिएको थियो। अहिले उनी रिहा भए पनि चन्द्रशेखरसँगको सम्बन्धका कारण उनी यो विवादमा तानिएका हुन् ।

प्रवर्तन विभागले सुकेशविरुद्ध दुई सय करोड 'मनी लन्ड्रिङ'विरुद्ध मुद्दा दायर गरेको छ। जसमा सुकेशले ज्याकलिनलाई महँगा महँगा गिफ्ट दिइएको बताइएको छ । प्रवर्तन निर्देशालयका अधिकारीका अनुसार ५२ लाखको घोडा, ९ लाख बराबरको बिरालो र गरगहना ज्याकलिनलाई गिफ्ट दिइएको पाइएको छ ।

यहाँसम्म कि सुकेशले ज्याकलिनलाई चेन्नई आउनका लागि प्राइवेट जेटको व्यवस्थासमेत गरिदिएको बताइएको छ। स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमका अनुसार ज्याकलिन र सुकेशबीच चेन्नईमा मात्र चार पटक भेटघाट भएको थियो। सुकेश र ज्याकलिनको चुम्बन गरिएको तस्बिर केही समयअघि सार्वजनिक भएको थियो। उक्त तस्बिरका कारण पनि ज्याकलिन विवादमा तानिन थालेकी हुन्।

को हुन् सुकेश चन्द्रशेखर ?
सुकेश चन्द्रशेखर कर्नाटकमा जन्मिएका हुन्। उनले १७ वर्षकै उमेरदेखि अरुलाई ठग्न सुरु गरेको बताइन्छ। उनले ठगीलाई नै आफ्नो पेसा बनाएका थिए ।

पछि उनी कर्नाटकबाट चेन्नई आएका थिए। त्यहाँ उनले ठूलाबडा ब्यापारीहरुलाई ठगी/असुली गर्थे । आफूलाई राजनेताको नातेदार भनेर उनले सर्वसाधारणसँग पनि पैसा उठाउने गरेको भारतीय प्रहरीको भनाइ छ । उनले सर्वसाधारणबाट मात्र ७४ करोड ठगी गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...