कर्णालीमा देउवा पक्ष र गण्डकीमा पौडेल पक्ष विजयी

Sukraraj sharma gandaki

काठमाडौं । नेपाली कांग्रेसको ६ वटा प्रदेश मध्ये तीन वटा प्रदेशको मतगणनाको अन्तिम नतिजा आएको छ । शनिबार सम्पन्न मतदानपछि भएको मतगणनामा पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षले एक एक प्रदेशमा जित हात पारेका छन् ।

कर्णाली प्रदेशमा देउवा पक्षका सभापति उम्मेदवार ललित जंग शाही विजयी भएका छन् । उनले पौडेल पक्षका उम्मेदवार भुपेन्द्र जंग शाहीमाथि जित हात पारेका हुन् । शाहीले ४२२ मत ल्याउँदा भूपेन्द्रजंग शाहीले ३१७ मत पाएका थिए ।

यस्तै गण्डकी प्रदेशमा पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई पराजित गरे ।

यता वागमती प्रदेशमा भने तीनजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत लयाउन नसकेपछि फेरि सबैभन्द बढी मत ल्याउने दुई जनाबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।

देउवा पक्षका इन्द्र बानियाँ र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । सिटौला पक्षका भिमसेनदास प्रधान भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...