एमालेका अध्यक्ष ओली सहित सबैले लिए सपथ, रावलले गरे केन्द्रिय सदस्य पद अस्वीकार

Uml sapath

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सौराहमा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीयहरुले पनि सपथ लिएका छन् । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएसँगै सदस्यहरुले सपथ लिएका हुन् ।

केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ खुवाएका हुन् । अध्यक्ष ओलीलाई सुरुमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले सपथ खुवाएका थिए । केन्द्रीय कमिटीमा विजयी भएका भनिएका भीम रावलले भने सपथ लिएनन् । उनले आफूले सदस्यमा उम्मेदवारी नदिएको भन्दै सदस्यमा सपथ नलिएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गर्दा सबै उठे, तर रावल बसेको सिटबाट नउठेका हुन् । अध्यक्षमा उम्मेदवार बनेका रावल केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

रावलले २२३ मत ल्याएका थिए भने ओलीले १८३७ मत ल्याएर विजयी भएका थिए । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

मंगलबार बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका थिए । उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...