एमाले महाधिवेसनमा चुनावी रन्को : धमाधम उम्मेदवारी दर्ता, रावलले दिए अध्यक्षमा उम्मेदवारी

Bhim rawal 1

चितवन । सोमबार बिहानैबाट उम्मेदवारी दर्ता कार्यक्रम सुरु भएसँगै अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका हुन् ।

भीम आचार्यले सचिवमा उम्मेदवारी दिएका छन् । कोरोना संक्रमणको उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालको उम्मेदवारी परेको छ । ओलीले पदाधिकारीको सूचीमा नराखे पनि भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।

एमालेको महाधिवेशन अन्तरगत चुनावी कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । जसअनुसार नेताहरुले धमाधम मनोनयन दर्ता गराउन थालेका छन् ।

एमालेमा पदाधिकारीसहित केन्द्रीय कमिटीमा अध्यक्ष केपी ओलीले नाम प्रस्ताव गरेपछि त्यसमा मनोनयन दर्ता गराउनुपर्ने छ भने उम्मेदवारी नपरेको पदमा सर्वसम्मत हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो। अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन् । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।

विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका हुन्। उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

कति शुल्क लाग्छ ?
अहिलेसम्म ५० जनाको मनोनयन दर्ता भयो । एमालेमा केन्द्रीय कमिटी दुई आयोग गरी ३५१ पदमा निर्वाचन हुँदैछ । एमालेको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयोगले शुल्क तयार गरेको छ। जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।

यस्तै उम्मेदवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिनेछ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...