यी हुन् ओलीको रोजाईमा परेका धनकुटाका ३ जना नेता, जो केन्द्रिय सदस्यमा परे

Uml rajenfra rai binadevi

चितवन । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रिय सदस्यको नाम पेश गरेका छन् ।
मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै ओलीले ३०१ जनाको नाम पेश गरे । जसमा धनकुटाका धनकुटाका तीन नेता परेका छन् ।

प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटा अध्यक्ष राजेन्द्रकुमार राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा परेका हुन् । महाधिवेसन पूर्व केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका टिकाराम चेम्जोङ भने ओलीको लिष्टमा परेनन् ।

पटकपटक उपेक्षामा पर्दै आएको धनकुटामा योपटक भने नेकपा एमालेले ३ जना केन्द्रिय सदस्य बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा रहेका सात वटै पालिकामा एमालेको नेतृत्व ल्याउन सफल बनेका राजेन्द्रकुमार राईलाई केपी ओलीले धनकुटामा आएर म्यान अफ द इलेक्सन घोषणा गरेका थिए ।

ओलीको घोषणापछि धनकुटाबाट राईलाई मन्त्री बनाउने आश्वासन पनि दिए काथिए तर पटक-पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि ओलीले राईलाई अटाएका थिएनन् । तर, योपटक भने केन्द्रिय सदस्य बनाएका छन् ।

जिल्ला अध्यक्षसमेत रहेका राईलाई केन्द्रिय सदस्य बनाएसँगै जिल्लामा एमालेको नेतृत्वको विषयमा छलफल हुन थालेको छ । एमालेको विधानमा माथिल्लो तहमा पुगेपछि तल्लो तह स्वत छोड्नुपर्ने भनिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...