एमाले महाधिवेसन : धनकुटाबाट ३ जनाको दावी, कसले मार्ला बाजी ?

Rajendra rai

धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेसनमा केन्द्रिय पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीले पाएसँगै केन्द्रिय सदस्यका आकाँक्षीहरु बढेका छन् ।

धनकुटाबाट केन्द्रिय सदस्य बन्न ३ जनाले आकांक्षा राखेका छन् । सबै अधिकार अध्यक्ष ओलीले पाएपछि धनकुटाबाट कसले केन्द्रिय सदस्यको बाजी मार्लान् भन्ने यकिन भएको छैन ।

धनकुटाबाट जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, संविधानसभा सदस्य टिकाराम चेम्जोङ र धनकुटा नगरपालिकाकी उपमेयर सकुन्लता बस्नेतले केन्द्रिय सदस्य बन्नका लागि उम्मेदवारी घोषणा गरेका छन् । यद्यपि नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीको हातमा रहेकाले उम्मेदवारी घोषणाको औचित्य छैन ।

एमालेको विधानमा प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, धनकुटाबाट केन्द्रिय सदस्यका आकांक्षी ३ जना नै भुगोल, जनजाति र महिला कोटाबाट आउने सम्भवना भने उत्तिकै छ ।

स्रोतका अनुसार जिल्लामा एमालेको किल्ला बनाउन सक्षम रहेका राजेन्द्र राईलाई ओलीले केन्द्रिय सदस्य बनाउन चाहेका छन् । गत स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तह आफ्नो कब्जामा पार्न सफल हुँदा ओलीले राईलाई म्यान अफ द इलेक्सन नै घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...