अधिकार जति ओलीलाई, भीम रावलले नस्वीकार्दा मतदान हुने निश्चित

Oli bhim rawal

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।

नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।

चितवनमा जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको छ ।

बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए, वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

ओलीलाई सर्वशक्तिमान बनाउने निर्णयप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रस्पिर्धा गर्ने अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

दर्जनौँ नेताहरुले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका थिए भने सयौँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । तर, अब ओलीले आफ्नो खल्तिबाट नाम निकाले पद बाँड्ने भएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...