ओलीले पटकपटक दोहोर्‍याए सरकारबाट बाहिरिँदाको पीडा

ओली भन्छन्, अहिले सबैले हाम्रो सिको गर्न थाले

Kp oli chitwan

सौराहा (चितवन) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनुपर्दाको पीडा महाधिवेशन प्रतिनिधिहरुसँग फेरि दोहोर्‍याएका छन् । शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि उनले यही कुरा गरेका थिए ।

चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफूहरु षड्‍यन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा पुगेको दाबी गरे ।

निकै ढिलो गरी शनिबार अपराह्न सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं । प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं ।’

त्यस क्रममा उनले सर्वोच्च अदालतको फैसलाको पनि आलोचना गरे। तत्कालीन प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई उल्ट्याउँदै सर्वोच्च अदालतले गत असार २८ गते उनको कदमलाई असंवैधानिक करार गरेको थियो। र, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

ओलीले राज्य संयन्त्रको दुरुपयोग भइरहनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए । उनले अलोकतान्त्रिक कदमहरुलाई रोक्नुपर्ने बताए । ‘अहिले राज्य संयन्त्रको दुरुपयोग भइरहेको पाइएको छ,’ उनले भने, ‘लोकतान्त्रिक कुल्चिएर अलोकतान्त्रिक कदमहरू चालिएका छन्, यो लोकतन्त्रका लागि खतरनाक हो ।’

स्वतन्त्र न्यायालय र राज्यका अंगहरूको दुरुपयोग भए लोकतन्त्र विकृत, निष्प्रभावी र असफल हुने उनले बताए । उनले प्रतिक्रियावादीहरूको षड्यन्त्रका कारण गम्भीर चुनौतीहरू पनि थपिएको बताए । ‘यसलाई बलिदानी भावनाले संघर्ष गरेर पराजित गर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले अहिले एमालेले एकैपटक सबै वडामा वडा सम्मेलन गरेको देखेर अरु पार्टीहरुले पनि सिको गर्न थालेको बताए । उनले राम्रो कामको सिको गर्नु एकदमै राम्रो भएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...