कोरोना भाइरसविरुद्धको खोप नलगाएकाले अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने

2020 10image 15 25 494983316tennis ll

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप नलगाएका खेलाडीहरुले सन् २०२२ को अस्ट्रेलियन ओपन टेनिस खेल्न नपाउने आयोजकले बताएका छन् ।

प्रतियोगिताका निर्देशक क्रेग टाइलीले अस्ट्रेलियन ओपन खेल्ने खेलाडीहरुले खोप लगाएको हुनु पर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियन ओपन टेनिसका साबिक विजेता नोभाक जोकोविचले आफूले खोप लगाए–नलगाएको बारे सार्वजनिक रुपमा जानकारी दिन नचाहने बताएका थिए ।

तर टाइलीले भने, ‘नोभाकलाई खेल्नका लागि खोप लगाउनु पर्छ भन्ने थाहा छ । हामी उनलाई यो प्रतियोगितामा चाहन्छौँ ।’

आउँदो जनवरी १७ देखि ३० सम्म मेलबर्नमा अस्ट्रेलियन ओपन हुँदैछ । पूरा दर्शक क्षमतामा प्रतियोगिता सञ्चालन हुने टाइलीले बताएका छन् ।

धेरै टेनिस खेलाडीहरु अहिलेसम्म पनि खोप नलगाएका छन् । गएको अक्टोबरमा भएको पुरुष तर्फको एटिपी टूरमा रहेका ३५ प्रतिशत खेलाडी खोप नलगाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...