एकीकृत समाजवादीको केन्द्रिय बैठक सुरु, यस्तो छ एजेण्डा

Nekapa yes miting 27

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित हेरिटेज पार्टी प्यालेसमा सुरु भएको बैठक आज र भोलि चल्नेछ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको थियो ।

बैठकको एजेण्डामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीदेखि सरकारमा सहभागी भएका पार्टीका मन्त्री र प्रदेश प्रमुखले गरेको कार्यबारे बैठकलाई जानकारी गराउने छ ।

आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ । त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने छ ।

आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुने छ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ । शुक्रबार काठमाडौँमा बसेको पार्टी स्थायी कमिटीको आठौँ बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।

यसैबीच नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...