बामदेम गौतम भन्छन्, एमसीसी अमेरिकाले नै फिर्ता लिँदा राम्रो

Bamdev mcc

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले बुधबार एक विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएकाले उक्त परियोजना फिर्ता गर्नुपर्ने बताएका हुन् ।

यसअघि एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फरक फरक धारणा सार्वजनिक भएको थियो । उनले नेपालमा अहिलेको जटिल अवस्थामा बनेको सरकार र बहाल रहेको संसदले एमसीसी अनुमोदन गर्न सक्ने अवस्था नरहेको समेत बताएका छन् ।

विद्युत् प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नतीका लागि अमेरिकाको ५० करोड अमेरिकी डलर र नेकपाको १३ करोड डलरको लगानीमा संयुक्त परियोजना सञ्चालनका लागि एमसीसीसँग सम्झौता भएको थियो । सो सम्झौता संसद्‌बाट अनुमोदन हुन सकेको छैन । सम्झौता अनुमोदनको विषयमा राजनीतिक दल र जनमत विभाजित रहेको छ ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले बुधबार विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...