मुन्द्रेको कमेडी क्लब बन्द

78787878783

काठमाडौँ । चर्चित हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ सधैको लागि बन्द भएको छ । सोमबार पत्रकार भेटघाट गर्दै सञ्चालक जीतु नेपालले शो बन्द गर्ने घोषणा गरेका हुन् । मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको हो ।

शो बन्द हुनुमा बाहिर आएको जस्तो फुलन्देका आमा मात्र कारण भने नभएको बुझिएको छ । जितु आफैले फुलन्देको आमा (उमेश राई) क्लब छाडेर अन्त्यै काम गर्न लाग्नुलाई मुख्य कारण भएको भन्दै अन्य कारणले पनि थप समस्या आइपरेको बताए । 

सुरुको शो पर्यटन बोर्डमा गरेको बताउदै नेपालले कार्यक्रमको सुटिङ गर्ने सेटको अभाव भएको इशारा गरे । जितुले सुटिङ गर्नलाई स्थायी सेट नहुँदा निकै समस्या परेको सुनाए । पत्रकारसँगको कुराकानीमा उनले मनोरन्जनात्मक कार्यक्रम भएकोले अतिथिको अभाव भएको समेत गुनासो गरे ।

शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...