‘छक्का पञ्जा ४’को ट्रेलरमा नअटाएपछि जितु नेपालले गरे फिल्म नखेल्ने घोषणा 

75392718 3030642086988092 8401651210087563264 n

काठमाडौँ । चर्चित कलाकार जितु नेपालले अब आउन लागेको नयाँ फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नखेल्ने संकेत गरेका छन् ।

सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा कलाकार नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला ।’

महानायक विवाद भएका कारण दीपाश्री निरौला मुन्द्रेको कमेडी क्लबबाट बाहिरीएका कारण उनीहरुवीच सम्बन्ध बिग्रिएको बुझ्न सकिन्छ ।

दीपक राज गिरी र दीपाश्री निरौलाले बलिउड फिल्म ‘सूर्यवंशी’ हेर्न पुगेका दर्शकलाई ‘छक्का पञ्जा ४’ आउने जानकारी दिन एक ट्रेलर बनाएका छन् । त्यसमा जितु नेपाल देखिंदैनन् ।
 

प्रतिकृया दिनुहोस