के छ आइतबार साँझ एमालेले जारी गरेको अपानी १४ मा ? (पूर्ण पाठसहित)

Kp oli

काठमाडौं । नेकपा एमालेले सात दिनको अन्तरालमा १०औँ महाधिवेशन केन्द्रित अर्को अन्तरपार्टी निर्देशन (अपानि) १४० जारी गरेको छ ।

महाधिवेशनको प्रतिनिधि छनोटका लागि मातहतका कमिटी र संगठनको कार्यक्षेत्रअनुसार सम्बन्धित कमिटी मै स्वच्छ, निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सुनिश्चित हुने गरी गर्न अपानि -१४ मार्फत निर्देशन दिइएको छ ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि यसअघि तय गरेको प्रतिनिधि छनोटको मापदण्डबारे थप स्पष्ट पार्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ जारी गरेको अन्तरपार्टी निर्देशन १४ मा केन्द्रीय संगठन विभागमा अभिलेखित सदस्यताका आधारमा प्रतिनिधि छनोट गर्नपर्ने उल्लेख गरिएको छ ।

एक सातअघि कात्तिक १४ मा जारी अपानि -१३ ले केही अस्पष्टता बढाएको भन्दै अपानि -१४ मा महाधिवेशनमा भाग लिने प्रतिनिधि छनोटको प्रावधानलाई स्पष्ट पारिएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यही कात्तिक २७ गते देशभरका भूगोल, विशेष कमिटी र जनसंगठनबाट समावेशीताका आधारमा एक हजार नौ सय ९९ महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको हो ।

हेर्नुहोस् पूर्ण पाठ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...