एकीकृत समाजवादीद्वारा ५ विभाग गठन, को - को बने प्रमुख ?  

Samajbadi party 2

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।

एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।

विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् भने संगठन विभागको जिम्मा महासचिव वेदुराम भुसालले पाएका छन् । उपमहासचिव गंगालाल तुलाधारले शिक्षा र विपद् व्यवस्थापन विभागको जिम्मा पाएका छन् भने गोविन्द कोइराला सहकारी विभाग प्रमुख बनेका छन् ।

बैठकले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रमेश हमाललाई जिम्मा दिइएको छ ।

यस्तै सदस्यहरुमा डा विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी सङ्ग्रौला, शङ्कर खतिवडा, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही छन् । डा वेदुराम भुसाल प्रमुख रहेको सङ्गठन विभाग गठन गरिएको छ । विभागको उपप्रमुखमा प्रकाश ज्वाला छन् ।

यस्तै, सदस्यमा अशोक कोइराला, बलदेव चौधरी सदस्य छन् । शिक्षा विभागको प्रमुखमा गङ्गालाल तुलाधर र लक्ष्मण केसी उपप्रमुख छन् । सदस्यहरुमा कमला तुलाधर, डा चन्द्र ढकाल, डा उद्धव पोखरेल, गुणाखर गैर र सरोज खतिवडा सदस्य छन् । पार्टीले विपद् व्यवस्थापन विभाग पनि गठन गरेको छ । विभागमा नेता तुलाधर नै प्रमुख छन् भने सूर्यबहादुर थापा, आयाम पाण्डे, डा राजु थापा र विष्णु तिमिल्सना सदस्य छन् ।

गोविन्द कोइराला प्रमुख रहेको सहकारी विभागको उपप्रमुखमा टेकप्रसाद चौलागाईं छन्। सदस्यहरुमा नवराज अर्याल, माधवप्रसाद जिसी, ओमप्रताप राणा, देवराज न्यौपाने र किरण मोक्तान छन् । बुधबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकबारे आज जानकारी दिँदै नेकपा (एस) ले वर्तमान सरकारका कामलाई अझै प्रभावकारी बनाउन गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीबाट सरकारमा पठाइएका मन्त्री तथा मुख्यमन्त्रीले पार्टीको नीति र निर्देशन अनुसार प्रभावकारी काम गर्ने, मन्त्री तथा मुख्यमन्त्रीको सल्लाहकारको नियुक्ति गर्दा राजकीय मामिला विभागको सिफारिसका आधारमा केन्द्रीय सचिवालयले निर्णय गरेर मात्रै गर्नुुपर्नेमा जोड दिइएको छ ।

पार्टीमा आउन चाहिरहेका विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा उपमहासचिव डा तुलाधर र डा विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरिएको छ । यही कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको छ । पार्टीले आकर्षक नारा लेखिएका लाखौँ स्टिकर छापी जनतामा वितरण गरेर पार्टीको प्रचार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...