राप्रपा धनकुटाको अधिवेसन हुँदा सुनीलबहादुर थापालाई लाग्यो झड्का

सूर्यबहादुर थापाका भतिजा कुमार थापा अध्यक्षमा पुनः निर्वाचित

Rpp dkt sammelan

धनकुटा । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेपछि धनकुटामा राप्रपा शुन्य भएको भाषण गर्दै हिडेका थिए । तर उनलाई झड्का दिनेगरी धनकुटामा राप्रपाका कार्यकर्ताहरु धनकुटामा भेला भएका छन् ।

आज धनकुटामा भएको जिल्ला अधिवेसनमा नेपाली कांग्रेसमा सहमहामन्त्रीसमेत रहेका सुनीलबहादुर थापालाई झड्का लाग्नेगरी भेला भएर राप्रपा एक रहेको शन्देश दिएका छन् ।

राप्रपा धनकुटाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामान्य रुपमा जिल्ला अधिवेसन गर्ने तयारी गरेको थियो । तर, सोमबार धनकुटामा जिल्ला अधिवेसन हुँदैछ भन्ने सुनेपछि जिल्लाभरका कार्यकर्ताहरु अधिवेसनमा स्वतस्फुर्त सहभागी बनेका थिए ।

करिव सयजना मात्रै उपस्थित गराएर जिल्ला अधिवेसन सम्पन्न गराउने योजनामा मरिङ्गा होटलमा आयोजना गरिएको अधिवेसनमा नेता तथा कार्यकर्ता ओइरिन थालेपछि जिल्ला अध्यक्ष कुमारबहादुर थापा अधिवेसनमा निक्कै अचम्मित बनेका थिए ।

धनकुटामा राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाको निधनपछि उनका छोरा सुनीलबहादुर थापा राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सोलगत्तै उनले धनकुटामा राप्रपामा एक जना पनि कार्यकर्ता नरहेको उल्लेख गरेका थिए । तर, सोमबार अप्रत्यासित रुपमा झण्डै चार सय कार्यकर्ता भेला भएका थिए ।

यतिसम्मकी कार्यक्रमको प्रारम्भमा कार्यकर्ताहरुले नारा लगाएका उत्साह थपेका थिए भने समापनका स्व. सूर्यबहादुर थापाको सम्मानमा नारा लगाएका थिए । साथै स्व. थापाको उदेश्य पूरा गर्ने दायीत्व नवनिर्वाचित अध्यक्ष कुमारबहादुर थापाको काँधमा आएकाले अघि बढ्न आग्रह गर्दै नारा लगाएका थिए ।

पुनः थापा निर्वाचित
धनकुटामा पूर्व प्रधानमन्त्री थापालाई पटकपटक निर्वाचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुमारबहादुर थापा निरन्तर अध्यक्ष रहँदै आएका छन् ।

सोमबार भएको एकता अधिवेसनबाट पनि थापा पुनः अध्यक्ष निर्वाचित भएका हुन् । आज सम्पन्न भएको अधिवेसनबाट उपाध्यक्ष टिका प्रसाद घिमिरे, लाक्पा टाँसी शेर्पा र पवित्रा श्रेष्ठ, सचिवमा दुर्गा पुरी, सहसचिव चन्द्रबहादुर मादेन र नमुना राई र कोषाध्यक्षमा हेन्द्र तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरु खेम काफ्ले, गर्जमान राई, मानबहादुर थापा, शंकरबाबु पौडेल, नरेन्द्र राई, टेकबहादुर सारु, रामबहादुर याख्खा लगायत निर्वाचित भएका छन् ।

सो अधिवेसनले प्रदेश अध्यक्षहरुमा कबाट मुमाराज राई र खबाट श्याम गुरुङको अध्यक्षतामा प्रदेश कार्य समितिसमेत निर्वाचित गरेको छ । त्यसैगरी युवक संगठनको जिल्ला संयोजकमा विष्णु पौडेल र महिला संगठनको अध्यक्षमा इन्दिरा भण्डारी चयन भएकी छन् ।

राजसंस्था आवश्यक देखियो : अध्यक्ष थापा
नवनिर्वाचित जिल्ला अध्यक्ष कुमारबहादुर थापाले एक दुई जना अवसरवादीहरुले राप्रपा त्याग्दैमा धनकुटाबाट कहिले पनि राप्रपा समाप्त नहुने बताएका छन् ।

अध्यक्ष थापाले सूर्यबहादुर थापाले स्थापना गरेको राप्रपालाई धनकुटामा कहिले पनि शुन्य हुन नदिने र राप्रपामा आस्था राख्ने कार्यकर्ताहरुलाई कहिले पनि टुहुरो नबनाउने बताए ।

साथै अध्यक्ष थापाले अबदेखि धनकुटामा रहेका राप्रपाका कार्यकर्ताहरुले संवैधानिक राजसंस्थाको वकालत गर्ने पनि बताए । यसभन्दा अघि राप्रपा केन्द्रले राजसंस्थाको पक्षमा नीति पास गर्दा पनि धनकुटाका राप्रपाका कार्यकर्ताहरुले स्व. सूर्यबहादुर थापाको नीति अवलम्बन गर्दै आएको नीतिलाई पच्छ्याउँदै आएका थिए ।

तर, पछिल्लो समयमा धनकुटामा रहेका राप्रपाका कार्यकर्ताहरुले राजसंस्थालाई स्वीकार गरेका थिएनन् । तर, पछिल्लो राजनीतिक अस्थिरतालाई अध्यनजर गर्दै हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था आवश्यक देखिएकाले बद्लिँदो परिस्थिती अनुसार जान आवश्यक रहेको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाको सभापतित्वमा भएको सो अधिवेनको उदघाटन कार्यक्रममा राप्रपाका केन्द्रिय कार्य सम्पादन निर्देशन समितिका सदस्य राम थापा, केन्द्रिय सदस्यहरु टिका प्रसाद घिमिरे, श्याम गुरुङ, धर्मध्वाज राई, पवित्रा श्रेष्ठ, मुमाराम राई, सानुमाया तामाङ, शंकरबहादुर थापा लगायतले आगामी निर्वाचनमा हार जित जस्तो भए पनि धनकुटामा राप्रपा वैकल्पिक शक्तिको रुपमा रहिरहने बताए ।

जिल्ला सदस्य इन्दिरा भण्डारीले स्वागत गरेको सो जिल्ला अधिवेसनको सञ्चालन जिल्ला सचिव दुर्गा पुरीले सञ्चालन गरेका थिए ।

सोही कार्यक्रममा महालक्ष्मी नगरपालिकाबाट नेपाली कांग्रेसबाट गजेन्द्र पुरी, नेकपा एमालेबाट भीमबहादुर पुरी, रोशनी पुरी, विवस विष्ट, गोपाल बस्नेत, सुजन पौडेल राप्रपामा प्रवेश गरेका छन् । त्यसैगरी पाख्रिवासबाट खेमबहादुर गुरुङ, डोरबहादुर गुरुङ, रेवत दर्लामी मगर, ज्ञानबहादुर सार्की, शिवलाल सार्की, मिना सार्की लगाएतले नेकपा एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् ।

उनीहरुलाई प्रदेश अध्यक्षसमेत रहेका केन्द्रिय सम्पादन निर्देशन समितिका सदस्य राम थापा, पार्टी जिल्ला अध्यक्ष कुमारबहादुर थापा, सचिव दुर्गा पुरी लगायतले खादा लगाई सम्मान गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...