महाकवि देवकोटाको स्मृतिमा आर्ट्स एण्ड लिटरेचर फेस्टिभल आयोजना हुँदै  

250150807 600321474445673 5727827008444775521 n

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा  लिटरेचर फेस्टिभल आयोजना गरिने भएको छ। हिमालयन फेस्टिभल अफ आर्ट्स एण्ड लिटरेचरले फेस्टिभल आयोजना गर्न लागेको हो।

फेस्टिवल डाइरेक्टर अजय मणि पौडेलका अनुसार मंसिर अन्तिम साता चितवनको सौराहामा  फेस्टिभल आयोजना गर्न लागिएको हो। फेस्टिबलका लागि पहिलो चरणमा देवकोटाको जन्मजयन्तीको अवसर पारेर खुला कला प्रतियोगिताको आयोजना गर्न लागिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा देवकोटाको जीवनका कालखण्डका स्केच तथा पेन्टिङलाई समावेश गरिनेछ। उत्कृष्ट स्केच र पेन्टिङलाइ चितवनमा आयोजना हुने हिमालयन फेस्टिभल अफ आर्ट्स एण्ड लिटरेचरमा प्रदर्शन गरिनेछ।

प्रतियोगितामा सबै जुनसुकै देश र उमेर समुहका नागरिकले भाग लिन पाउने आयोजकले जनाएको छ। प्रतियोगीतामा सहभागी हुन लक्ष्मी पूजाको अघिल्लो दिन (कार्तिक १७ गते) सम्ममा अनलाइन मार्फत स्केच रपेन्टिङलाइ पठाउन सकिनेछ।

आयोजकले नेपालमै पहिलोपटक यस्तो फेस्टिभल आयोजना हुन लागेको दाबि गरेको छ। फेस्टिभलमा विभिन्न देशका प्रतिनीधिको समेत सहभागीता रहनेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...