‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज, कसले पाउला उपाधी ?  

Dohori champion 1

काठमाडौँ । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ। फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ। फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ।

‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ । यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ ।

त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...