आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने पक्का, राजेन्द्र राई मुख्यमन्त्री बन्ने

Rajendra bhim

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा पेश गरेको विश्वासको मतउपर आज मतदान हुने भएको छ । मुख्यमन्त्री आचार्यले पेश गरेको प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेश १ सरकारमा आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् ।

प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आचार्यले प्रस्ताव पेस गरेका थिए । संसदमा विश्वसको मत माग्न प्रस्ताव पेस गर्न रोस्ट्रममा पुगेका मुख्यमन्त्री आचार्यले केही दिनअघि गएको बाढीपहिरोबाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासका बारेमा जानकारी गराएका थिए ।

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए । प्रदेशसभामा विश्वसाको मत आइतबार मात्र टुंगो लाग्ने भएको छ । आइताबर बस्ने बैठकमा मतदानमार्फत टुगो लगाउने कार्य परामर्श समितिको बैठकले निष्कर्ष निकालेको थियो ।

विपक्षी गठबन्धनहरूले शुक्रबार नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने अडान राखेपछि सभामुख प्रदीपकुमार भन्डारीले कार्यपरामर्श समितिको बैठक बोलाएका थिए । ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका एक सांसद भने कतै खुलेका छैनन् ।

प्रदेश १ मा गठबन्धनबीच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने पक्का देखिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...