मन्त्री टुंगो लगाउन पेरिसडाँडामा माओवादी केन्द्रको बैठक  

Maoist meeting bvhlnkisjh

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा पठाउने नयाँ मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिस डाँडामा बसिरहेको छ।

असार २९ मा दुई मन्त्री जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाएको माओवादीले अन्य अनुहारको टुंगो गर्न बैठक राखेको हो। 
 
यो बैठकले माओवादीको भागमा परेको मन्त्रालयमा पठाउने नेताबारे निर्णय लिने एक नेताले बताए ।

गठबन्धन र सत्तारूढ दलका शीर्ष नेताको मंगलबार बसेको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाइसकेको छ।
 
बुधबार शीर्ष नेताको बैठकबाट कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री र नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री लिने सहमति गरेको थियो। 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...