मन्त्रिपरिषद् गठन गर्न सत्ता गठबन्धनलाई सकस, बिना निष्कर्ष सकियो मन्त्रीपरिषद्को बैठक

1633419769 axrmh

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिना नै टुङ्गिएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी रहेका थिए ।

उनीहरुबीच बिहानैदेखि छलफल भएतापनि मन्त्रिपरिषद विस्तारका विषयमा कुनै पनि ठोस निर्णय हुन नसकेको बालुवाटार स्रोतले जनायो ।

सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले हालसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्दा यतिबेला सत्तारुढ दलका नेताहरुले नै आलोचना गर्न लागेका छन् ।

प्रधानमन्त्रीमा सपथ लिँदा नेपाली कांग्रेसका तर्फबाट २ र नेकपा माओवादी केन्द्रको तर्फबाट २ जना गरेर चार जना मात्रै मन्त्रि नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस