एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद, पदाधिकारी संख्या १५ पुग्यो

Uml bidhan mahadhibeshan 16

काठमाडौं । नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गर्ने भएको छ । आइतबार विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको परिमार्जित प्रस्ताव अघि सारेका हुन् ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।

त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षको संख्या ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ गरी परिमार्जित प्रस्ताव अघि सार्दै यो प्रस्ताव अनुमोदन हुने विश्वास पौडेलले लिए ।

पदाधिकारी धेरै हुँदा व्यवस्थापन गर्न सजिलो हुँदैन, त्यसैले मैले १५ सदस्यीय प्रस्ताव गरेको छु’, पौडेलले उठेका प्रश्नको जवाफ दिए । त्यस्तै उनले आयोगको सदस्य पनि १५ सदस्यीय हुनेछ ।

प्रतिकृया दिनुहोस