एमाले विधान महाधिवेसन : अध्यक्ष ओलीले जवाफ दिएपछि आजै सकिने

Uml bidhan mahadhibeshan 16

काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाविधेशनमा आजै सकिने भएको छ । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन् । हिजो टोली नेताले सुझाव प्रस्तुत गरेका थिए ।

राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन् ।

देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन् । प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।

छलफलका क्रममा नेतृत्वको व्यवस्थापनका लागि अनावश्यक पद सिर्जना नगर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थालाई एजेन्डा बनाउन तथा पैसामा टिकट बाँड्नेभन्दा क्षमता र लोकप्रियतालाई आधार मान्न प्रतिनिधिहरुले सुझाएका छन् ।

सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई प्रस्तुत गरे ।

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गरे । जवाफ दिएर आजै महाधिवेशन सक्ने एमालेको तयारी छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...