एमाले विधान महाधिवेसन : अनावश्यक पद सृजना गर्दै पैसामा पद नबाढ्न नेतृत्वलाई सुझाव

Uml bidhan mahadhibeshan 16

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागीहरुले पार्टीलाई अघि बढाउने हो भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेसनमा केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरुले भने यस्तो सुझाव दिएका हुन् ।

ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् ।

समूहगत छलफलमा भाग लिनेहरुले नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने नाममा अनावश्यक पद सृजना गरेर बाढ्न नहुने आवाज उठेको छ ।

छलफलमा सहभागी अधिकांश समूहका सहभागीले समावेशीतासहित सात वटा प्रदेशको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष सात हुनुपर्नेमा जोड दिएका छन् । यस्तै नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउँने भन्दै पदाधिकारी थप्दा त्यसको औचित्य के हो भनेर नेताहरुले पुष्टि गर्नु पर्ने सहभागीहरुले जनाएका छन् ।

विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफलमा सुझाव दिँदै प्रतिनिधिहरुले आगामी तीनवटै तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पैसामा टिकट नबाँड्न सुझाव दिएका छन् । विगतमा त्यस्तो त्रुटि भएकाले अबको उम्मेदवारको मापदण्ड क्षमता र लोकप्रियता हुनुपर्ने सहभागीको सुझाव छ ।

प्रदेश १ को टोली नेता भानुभक्त ढकालले पार्टी एकतामा विलम्ब भएको र कामरडेली भावनाबाट च्यूत हुँदै गएको बताए । उनले अघि भने, ‘व्यक्ति होइन, पार्टी र नीति स्थापित गर्नुपर्छ ।’

बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको जानकारी दिए । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उनले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिए ।

एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

तीनवटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि प्रदेश नं १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गरिरहेका छन् भने प्रदेश नं २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, वाग्मती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापाले गरिरहेका छन् ।

यस्तै गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शङ्कर पोखरेलले गरिरहेका छन् । कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गरेका छन् ।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसङ्गठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...