लोकमानसिंह कार्कीको ‘लोकगीता’ र नेपाली समाजको यथार्थता

Prkashamani raut 16

धर्मले मानिसलाई निश्चित परिधिमा बाँधेर राख्ने गर्छ । जसले गर्दा पनि मानिस अनुशाषित हुन्छन् । धर्मले नै मानिसलाई ज्ञानी र आम विश्वासी पनि बनाउँछ ।

पछिल्लो समयमा भागवत गिता अध्ययन गर्नेहरु पनि बढेका छन् । खासगरी पश्चिमा मुलुकका अध्येताहरु गीता खोजीखोजी अध्ययन गर्छन् । गीताको महिमा किन बढ्दै गएको छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले गीताको महिमालाई थप उजागर गर्दै प्रकाशन गर्नुभएको पुस्तक ‘लोकगीता’ मा सविस्तार गर्नु भएको छ ।

सनातन हिन्दुधर्म एक असाधारण र उदार धर्म हो । कुरान, वाइवल, महावीर, वाणी सबै एकै निष्ठाका मात्र शास्त्र भएकोले मुस्लिमले कुरान, इशाइले वाइवल आफ्नो निष्ठाको धर्मभन्दा ठीकै हुन्छ । तर गीता सम्पूर्ण निष्ठाको शास्त्र हो । त्यसर्थ संपूर्ण शास्त्र हराएर गीता मात्र बाँकी रहे पनि त्यो पर्याप्त हुनेछ । गीता सिद्धान्त होइन, सत्यको उद्घोशषणा हो । यसमा सतको खोज गर्न सक्नुपर्छ र त्यही सत् अन्त्यहिन चैतन्यको नाम श्रीकृष्ण हो ।

गीताको हरेक अध्याय आफैँमा पूर्ण छन्, एक अध्याय मात्र पनि अध्यन गरेर मनन् गर्न सकेको खण्डमा अर्को अध्यायको आवश्यकता नैँ छैन । तर अर्जुन जो हाम्रो प्रतिक हुन्, उनको संसयग्रस्त चित्तले त्यो सत्य बुझ्न नसक्दा हामीले गीता जस्तो अनमोल ग्रन्थ पाउन सकेका हौँ ।

अर्जुनको बिषादबाट प्रारम्भ भएको गीता मोक्षसन्यास योगमा गएर अन्त्य भएको छ । हरेकको अन्तिम गन्तव्य मोक्ष नैँ हो । गीताको सबै अध्यायको व्याख्या त्यो सत्य, अक्षर, क्षेत्रज्ञ, पुरूषोत्तम, परा, अधियज्ञ, ओमकार, सच्चिदानन्द र आत्मतत्व जान्नका लागि हो जो अजन्म, अविनाशी, शाश्वत, सनातन र अनादि छ ।

अरू ग्रन्थले त्यो आत्मत्व जान्ने एक मार्ग मात्र बताउँछन् भने गीता यस्तो अदभूत ग्रन्थ हो जसले संपूर्ण मार्ग बताएको छ, चाहे त्यो बुद्धको शुन्यता र निवार्णको खोज होस्, चाहे महावीरको अहिंसा होस्, चाहे जिससको प्रेमको होस्, चाहे मोहम्मदको ज्ञानको खोजको होस् । संसारमा हरेक व्यक्तिले खोजेको निष्ठाहरूको सम्बन्धमा श्री कृष्णले पहिले नैं गीतामा वर्णन गरिसकेका छन् । उनीहरुले दिएको गीताको सारसञ्चनय त्यो सत्यसम्म पुग्नु हो । त्यहाँ पुग्ने ज्ञान, भक्ति र कर्मका मार्ग हुन् ।

निराकार, निर्गुण र अरूपसम्म पुग्ने ज्ञानको मार्ग हो । प्रेम र श्रद्धाद्वारा साकार र सगुण प्राप्त गर्ने भक्तिको मार्ग हो । निष्काम कर्म र फलाकांक्षारहित भई सम्पूर्ण कर्तापन परमात्मामा छोड्नु कर्मको मार्ग हो । जुन हामीजस्तो अधिकांश मनुष्यहरूको मार्ग हुन सक्छ । कुनै पनि व्यक्तिले आफ्नो सम्भावनाको खोजी गरेर श्रद्धापूर्वक समर्पणसहित शरणागति भएमा ऊ त्यो कृष्णरूपी सत्य र पुरूषोत्तम तत्व प्राप्त गर्न सक्ने छ । गीताको सन्देश पनि यही हो ।

यतिमात्रै होइन, ‘लोकगीता’ मा गिता अध्ययन गर्नुपर्ने कारणहरु उल्लेख गरिएका छन् । तर, अहिलेका युवा पुस्ताले त्यसलाई सजिलै पचाउन नसक्लान् । किनकी अहिलेका युवा धार्मिक कुरामा भन्दा बढी वित्रानमा विश्वास गर्ने भएकाले ‘लोकगिता’ युवा पुस्ताको ध्यान नतान्न सक्छ ।

‘लोकगीता’ ले नेपाली समाजले पचाउन नसकेका कतिपय यथार्थहरु पनि उजागर गरेको छ । जेजस्तो भए पनि ‘लोकगीता’ पठनीय छ । पुस्तकले धार्मिक आस्था कायम गर्न मद्यत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...