काठमाडौंका १० वटा नगरमा कांग्रेसको अधिवेसन हुँदै, दक्षिणकालीमा अनिश्चित

Nepali congress 16

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

आज काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा नगर अधिवेशन हुँदैछ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले शनिबार अधिवेशन नहुने काठमाडौँका निर्वाचन अधिकृत नरहरि आचार्यले बताए ।

दक्षिणकालीको मोहन बस्नेत सभापतिका उम्मेदवार देखिएका छन् । दक्षिणकालीका मेयर समेत रहेका उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहका श्याम कार्कीले बस्नेतलाई समर्थन गरेपछि उनी सर्वसम्मत सभापति बन्ने देखिएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ ।

काठमाडौँमा वर्तमान सभापति शेरबहादुर देउवा र सभापतिका दाबेदार प्रकाशमान सिंहको समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँमा जबरजस्त उपस्थिति भएका प्रकाशमान सिंहलाई नेता गगन थापाको साथ छ । कृष्णप्रसाद सिटौला समूहका छोडेका थापाले काठमाडौमा सिंहसँग बलियो साझेदारी गरेको देखिन्छ ।

यता सिटौला समूहका नेता भीमसेनदास प्रधानले भने सभापति देउवा समूहलाई सहयोग गरेका छन् । नेताहरुका अनुसार काठमाडौँमा अन्य पार्टीबाट काँग्रेसमा आएका अधिकांशले देउवा–सिटौला पक्षलाई साथ दिएको अवस्था छ ।

काठमाडौँका पूर्व जिल्ला सभापतिसमेत रहेका प्रधानको प्रभाव राम्रो मानिन्छ । नवप्रवेशी र प्रधानको साथमा सिंह–थापा समूहलाई चुनौती दिने देउवा पक्षको रणनीति छ । तर थापा आफूसँग जोडिएपछि आफ्नो समूह थप बलियो भएको सिंह पक्षको बुझाइ छ । काठमाडौँका पालिकामा आफू निकट नेतृत्व ल्याउन दुवै पक्षको जोडबल छ ।

नेपाली कांग्रेसको काठमाडौंमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...